बिर्तामोड

गृहले उद्योगसँग माग्यो एसिड खपतको विवरण

गृहले उद्योगसँग माग्यो एसिड खपतको विवरण


काठमाडौँ । सरकारले तेजाब तथा अन्य घातक पदार्थ खपत गर्ने उद्योगलाई वार्षिक विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

आइतबार गृहमन्त्रालयले एक सूचना जारी गर्दै देशभरका उद्योगलाई तेजाब तथा अन्य घातक पदार्थको खपत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो ।

सूचनामा भनिएको छ,’ अनुसूची ८ बमोजिमको ढाँचामा मन्त्रालयमा निवेदन दिएर औद्योगिक प्रचलनका लागि आ–आफ्नो उद्योगमा वार्षिक स्किमअनुसार के कति परिमाणमा के कस्तो रसायन आवश्यक पर्दछ सो को नियमानुसारको स्पष्ट विवरण ७ दिनभित्र यस शाखामा आइपुग्ने गरी पेश गर्न सबैलाई सूचित गरिन्छ ।’

शेयर गर्नुहोस :

0
Shares