विनोद सापकोटा
विर्तामोड । केहि समयदेखि मि–टु अभियानका बारेमा बोल्दै आएकी किशोरीले आफुमाथि दुर्व्यवहार भएको सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् ।
उनले झापाका एक जना पत्रकारबाट यौन दुर्व्यवहार भएको आरोप लगाएकी छन् । बिर्तामोडकी एक किशोरीले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पत्रकारबाट दुव्र्यवहारमा परेको खुलाएकी छिन् ।
पत्रकार महासंघका निर्वाचित पदाधिकारीलाई सम्मान गर्न बिर्तामोडमा आइतवार विहान आयोजना गरिएको कार्यक्रममा सहभागी भएका एक पत्रकारले आफूलाई दुव्र्यवहार गरेको उनले भनेकी छन् । तर, ती पत्रकारको नाम उनले उल्लेख गरेकी छैनन् ।
उनी सम्मान कार्यक्रम हुने हल नजिकै अर्को कार्यक्रममा सञ्चालकको भूमिकामा थिइन् । ‘मेरो कार्यक्रम सुरू भएको थिएन, मलाई देखेर (पत्रकार ) आउनु भयो’ उनले भनेकी छन्, ‘मलाई उहाँको मप्रति प्रस्तुत हुने शैलीले असहज महसुस भइरहेको थियो । उहाँले स्याबासी दिए झैँ गर्दै मेरो तिघ्रामा छुनु भयो । मैले छोटो कपडा लगाएकी थिएँ ।’
ती पत्रकारबाट दुर्व्यवहारमा परेको यो पहिलो पटक नभएको उनको स्टाटसमा उल्लेख गरेकी छन् । पीडित किशोरी विभिन्न पत्रपत्रिकामा लेखसमेत लेख्ने गर्छिन् । उनले सो घटनाबारे हालसम्म प्रहरी वा पत्रकारजन्य संगठनमा उजुरी दिएकी छैनन् । उनले फेरि स्टाटस् डिलिट गर्दै कानुनी कारवाहीमा जाने निर्णय लिएको र न्याय नपाइन्जेल बोलिरहने बताइन् ।







प्रतिक्रिया