Banner news

विर्तामोडमा लालपुर्जा वितरणका लागि लगत संकलन शुरु

विर्तामोडमा लालपुर्जा वितरणका लागि लगत संकलन शुरु


विर्तामोड । विर्तामोड नगरपालिकाले लालपुर्जा वितरणका लागि पहिलो चरणको काम थालेको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगसँग सम्झौता गरेर पहिलो चरणको लगत संकलनको काम थालेको प्रशासन प्रमुख देवराज कार्कीले जानकारी दिए । उनले ३५ दिने सूचना प्रकाशन गरेर लक्षित परिवारलाई फारक भराउन आव्हान गरिएको बताए ।

भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबास गर्ने नागरिकको लगत संकलन थालिएको नगर प्रमुख धु्रव कुमार शिवाकोटीले जानकारी दिए । विर्तामोडको वडा नं. २, ३, ५, ६ मा लगत संकलक घरघरमा पुगेर लक्षित परिवारको लगत संकलन शुरु गरेका छन् । वडा नं. १, ४, ७, ८, ९ र १० को बुधबारबाट काम थालिने बताइएको छ ।

सूचना प्रकाशन भएको ३५ दिनभित्र लगत संकलन सम्पन्न गर्नुपर्ने छ । नगर क्षेत्रमा तीन हजार परिवारले लालपुर्जा पाउने अनुमान गरिएको छ । त्यमध्ये धेरै अव्यवस्थित बसोवास गरेका परिवार हुने बताइएको छ ।

शेयर गर्नुहोस :

0
Shares