खेल

एनपिएल : काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

एनपिएल : काठमाडौँसँग जनकपुर र कर्णालीसँग विराटनगर भिड्दै

काठमाडौँ, ७ कात्तिकः व्यवस्थित बनाइएको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान ड्रोन भ्यूमा कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि तयार पारिएको मैदान र व्यवस्थित प्यारापिट । प्रतियोगिता यही कात्तिक ९ गतेदेखि सुरु हुँदैछ । तस्बिरः घनश्याम श्रेष्ठ/रासस

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । आज जनकपुर बोल्टस र काठमाडौं गोर्खाज तथा कर्णाली याक्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुन लागेको हो ।

त्रिवि क्रिकेट ग्राउन्डमा पहिलो खेल जनकपुर र काठमाडौंबीच हुनेछ । यी दुई बीचको खेल आज दिउँसो साढे १२ बजे सुरु हुनेछ ।

जारी प्रतियोगितामा काठमाडौँको यो पहिलो खेल हो । जनकपुर भने यसअघि कर्णाली याक्ससँग पराजित भएको थियो ।

यसैगरी आजै साँझ ५ बजे कर्णाली र विराटनगर बीच प्रतिस्पर्धा हुनेछ । विराटनगर किंग्स पनि यसअघि चितवन राइनोजसँग पराजित भएको थियो ।

शेयर गर्नुहोस :

54
Shares