बिर्तामोड

झापा ट्राफिकद्वारा तीन हजार मास्क वितरण

झापा ट्राफिकद्वारा तीन हजार मास्क वितरण


विर्तामोड । झापामा ट्राफिक प्रहरीले जिल्लाभर मास्क वितरण गरेका छन् । मंगलवार विहानैबाट ट्राफिक प्रहरीले मास्क वितरण गरेका हुन् ।

प्रहरीको केन्द्रीय कार्यक्रम ‘तपाईको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत मास्क वितरण गरिएको झापामा ट्राफिक प्रहरी प्रमुख निशेष चापागाईले जानकारी दिए । मास्क नलगाई आवतजावत गरिरहेका सर्वसाधरणलाई मास्क वितरण गर्दै कोरोनाबाट सुरक्षित रहन आग्रह गरिएको चापागाईको भनाई छ । झापा ट्राफिकका १५ वटा यूनिटबाट ३ हजार थान मास्क वितरण गरिएको बताइएको छ । मास्क वितरण गर्दै कोरोना विरुद्ध सचेतना फैलाएको ट्राफिक प्रहरी याम बहादुर खड्काले जानकारी दिए ।

शेयर गर्नुहोस :

0
Shares