Banner news

झापाको कोरोना अपडेट : १४५ को मृत्यू, ४५ सय ६५ जना निको

झापाको कोरोना अपडेट : १४५ को मृत्यू, ४५ सय ६५ जना निको


विर्तामोड । झापामा कोरोना भाइरस संक्रमणको कारण मृत्यू हुनेको संख्या १४५ पुगेको छ । आज गौरादह –४ मा थप एक वृद्धाको मृत्यू भएसँगै मृतकको संख्या १४५ पुगेको हो ।

बिहीवारसम्म झापामा ३९ हजार २ सय ६९ जनाको स्वाव संकलन भइसकेको छ । कुल संक्रमतिको संख्या ५ हजार ७ सय ९० पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०८१ जना रहेको छ । ४ हजार ५ सय ६५ जना उपचार पछि डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares