Banner news

तोकिएको समयमा प्रधानमन्त्रीका लागि कसैकाे दावी परेन : राष्ट्रपति कार्यालय

तोकिएको समयमा प्रधानमन्त्रीका लागि कसैकाे दावी परेन : राष्ट्रपति कार्यालय


काठमाडौं । राष्ट्रपति कार्यालयले बहुमतको सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ ।

बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईद्वारा जारी विज्ञप्ति लेखिएको छ । वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

शेयर गर्नुहोस :

0
Shares