मुख्य समाचार

इलामका प्रभावशाली नेता शंकरको निधन

इलामका प्रभावशाली नेता शंकरको निधन


इलाम । नेकपा एमाले इलामका प्रभावशाली युवा नेता नवराज शंकरको कोरोना संक्रमणका कारण आज विहान निधन भएको छ ।

उनलाई गत हप्ताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणपछि होम आइसोलेशनमा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि विराट नर्सिङहोम विराटनगरमा लगिएको थियो । सोही अस्पतालमा उपचारको क्रममा निधन भएको हो । शंकर इलाममा राजनीतिक एवम् सामाजिक क्षेत्रका अगुवा हुन् ।

शेयर गर्नुहोस :

0
Shares