Banner news

पश्चिम बंगालमा लकडाउन : काँकरभिट्टाबाट भारतीयलाई समेत प्रवेशमा रोक

पश्चिम बंगालमा लकडाउन : काँकरभिट्टाबाट भारतीयलाई समेत प्रवेशमा रोक

emfkf, ( r}t M hgtf sˆo'{kl5 gfsf 7Kk emfkfsf] sfFs8le§f;Fu ;Ldf hf]l8Psf] ef/tsf] kfgL6\ofª\sL gfsf . sf]/f]gf efO/;sf] ;ª\qmd0f km}lng glbg cfOtaf/ ef/tn] nufPsf] …hgtf sˆo'{Ú sf sf/0f gfsfdf cfjthfjt 7Kk ePsf] xf] . t:jL/M rGb|snf e08f/L÷/f;;

पश्चिम बंगालमा दुई साता लकडाउन

विर्तामोड । पश्चिम बंगाल सरकारले पूर्वी नाका काँकरभिट्टाबाट भारत प्रवेशमा रोक लगाएको छ । दुई साताका लागि पूर्ण लकडाउन घोषणा गर्दै प्रवेशमा रोक लगाएको हो । जेठ २ गतेदेखी १६ गतेसम्मलाई लकडाउन गर्दै नेपाल– भारतको नाका काँकरभिट्टाबाट भारत प्रवेशमा पूर्ण रोक लगाएको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

कोरोना संक्रमण भयावह भएपछि पश्चिम बंगाल सरकारले लकडाउनको घोषणा गरेको हो । यसअघि भारतीय नागरिक घर जान चाहेमा प्रवेश गर्न दिइदैं आएको थियो । अब, भारतीय नागरिकलाई समेत रोक लगाएको छ, प्रहरी उपरीक्षक भट्टराईले भने ।

आफ्नो घर जान आउन छुट दिईदै आएको काँकरभिट्टा नाकाबाट अत्यावश्यक सामग्री आयात निर्यात बाहेक पश्चिम बंगाल सरकारले पूर्ण रुपमा रोक लगाएको छ । भट्टराईका अनुसार औषधि, एलपी ग्यास, इन्धन, खाद्यन्नका लागि मात्र नाका खुला हुनेछ ।

शेयर गर्नुहोस :

0
Shares