Banner news

विर्तामोडको कोभिड हस्पिटललाई अक्सिजनसहितको पाँच थान सिलिण्डर प्रदान

विर्तामोडको कोभिड हस्पिटललाई अक्सिजनसहितको पाँच थान सिलिण्डर प्रदान


विर्तामोड । बिर्तामोड नगरपालिकाले सञ्चालनमा ल्याएको कोभिड हस्पिटल तथा आइसोलेशनका लागि अक्सिजन सिलिन्डर प्रदान गरिएको छ ।

कारोना महामारीको बिच अक्सिजन अभाव हुन सक्ने संभावनालाई ध्यानमा राख्दै छठ समाज सेवा समिति विर्तामोडले ५ थान अक्सिजन सहितको सिलिन्डर नगरपालिकालाई प्रदान गरेको हो ।

बुधबार नगरपालिकाले निर्माण गरेको आइसोलेशन भवनमा उपस्थित अध्यक्ष राजकुमार गुप्ता सहितको छठ समाज सेवा समितिले नगरप्रमुख धु्रवकुमार शिवाकोटीलाई सिलिन्डर हस्तान्तरण गरेको हो । समितिले यसअघि ‘एकका लागि एक’अभियानलाई समेत ५ थान अक्सिजन सहितको सिलिन्डर हस्तान्तरण गरेको जनाएको छ ।

बिर्तामोड नगरपालिकामा तत्कालका लागि अक्सिजनको अभाव नभएको नगरका प्रवक्ता समेत रहेका वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले जानकारी दिए । उनले नगरमा अक्सिजन प्लान्टको स्थापनाका लागि सबै मिलेर अघि बढ्नु पर्नेमा जोड दिए । बिर्तामोड नगरपालिकाले अक्सिजन सहितको ५० शैयाको आइसोलेसन तथा ५ बेडको कोभिड हस्पिटल सञ्चालनमा ल्याएको छ ।

शेयर गर्नुहोस :

0
Shares