विर्तामोड । झापाका नागरिकले कोभिडको दोस्रो डोज खोप न्यून संख्यामा लगाएका छन् । पहिलो खोप ५३ हजार ५ सय ३ जनाले लगाएका थिए ।
स्वास्थ्य कार्यालय झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले दोस्रो डोज खोप ८ हजार २ सय ९९ जनाले मात्र लगाएको जानकारी दिए । पहिलो डोज लगाउने ४५ हजार २ सय ४ जनाले दोस्रो खोप पाएका छैनन् ।
जिल्लाको कोभिड अवस्था बारे जानकारी दिदैं उनले हालसम्म ४९ सय ६५ कोभिड संक्रमित निको भएको बताए । दोस्रो लहरमा ४४६ जना डिस्चार्ज भइसकेको छन् । हालसम्म कोभिडबाट झापा १८९ जनाको मृत्यू भइसकेको छ । दोस्रो लहरमा २० महिला र ४० पुरुषसहित ६० जनाको मृत्यू भएको चौलागाईले जानकारी दिए । बुधबार साँझसम्मको विवरण अनुसार झापाका ५६ जना संक्रमित आइसियूमा , १७ जना भेन्टिलेटरमा , ५७ जना एचडीयूमा र ४० जना अक्सिजनसहितको बेडमा उपचाररत छन् ।







प्रतिक्रिया