Banner news

झापामा ८१ जना डिस्चार्ज, २१८ नयाँ संक्रमित थपिए

झापामा ८१ जना डिस्चार्ज, २१८ नयाँ संक्रमित थपिए


विर्तामोड । झापामा बिहीवार थप ८१ जना संक्रमितको उपचार पछि डिस्चार्ज भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार डिस्चार्ज हुनेको संख्या बढेको छ ।

जिल्लामा थप २१८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार सबैभन्दा बढी बिर्तामोड नगरपालिकाका ४१, भद्रपुरमा १४ महिलासहित २८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, संक्रमित हुनेमा कमलमा १४ महिलासहित ३१ जना, अर्जुनधारामा ७ महिलासहित २२ जना, दमकमा १० महिलासहित २२ जना, कनकाईमा १० महिलासहित १७ जना, मेचीनगरमा ९ महिलासहित १७ जना, हल्दिबारीमा ४ महिलासहित ६ जना रहेका छन् ।

यसैगरी, शिवसताक्षीमा १ महिलासहित ५ जना, गौरादहमा १ महिला, १ पुरुष, गौरीगञ्जमा २ महिला, २ पुरुष, कचनकवलमा ३ महिला, बाह्रदशीमा १ पुरुष तथा पालिका नखुलेका ३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिएका छन् । संक्रमण मुक्त हुनेको संख्या ५ हजार ४४ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares