विर्तामोड । झापामा शनिवार थप २३४ नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा धेरै दमकमा ८७ र विर्तामोडमा ३४ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
जिल्लामा थप ६ जना संक्रमित पुरुषको मृत्यू भएको छ । मृत्यू हुनेको संख्या २०१ पुगेको छ । यस्तै, आज १०९ जना संक्रमित निको भएका छन् । उपचारपछि उनीहरुलाई डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए । विवरण अनुसार संक्रमित निको हुने दर बढ्दै गएको छ । बैशाख २ गते ३५ जना डिस्चार्ज भएका थिए । ३ गतेदेखि क्रमशः २६, ५१, ३९, ८१, ६३, हुँदै शनिवार १०९ जना डिस्चार्ज भएका छन् ।







प्रतिक्रिया