काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने अध्यादेश जारी गरेकी छिन् ।
मन्त्रिपरिषद बैठकले केहि दिन अघि नै पारित गरेर राष्ट्रपति कार्यालय पठाएको नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश राष्ट्रपति भण्डारीले आज जारी गरेकी हुन् । भण्डारीले नेपालको संविधानको धारा ११४ (१) बमोजिम अध्यादेश जारी गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपाल सरकार र मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन), अध्यादेश, २०७८ जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।
अध्यादेश जारी भएसँगै अब हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले वंशजको नागरिकता प्राप्त गर्नेछन् । अहिलेसम्म यो व्यवस्था थिएन । मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।







प्रतिक्रिया