Banner news

निर्वाचन अगाबै जनतालाई खोप लगाइने छः प्रधानमन्त्री

निर्वाचन अगाबै जनतालाई खोप लगाइने छः प्रधानमन्त्री

sf7df8f}F, & h]7M k|d cf]nL–kqsf/ ;Dd]ng k|wfgdGqL s]kL zdf{ cf]nL z’qmaf/ k|wfgdGqL lgjf; afn’jf6f/df kl5Nnf] /fhgLlts kl/l:yltaf/] kqsf/ ;Dd]ng ub}{ . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उहाँले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिनुभयो ।

उहाँका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिसक्नुभएको छ । नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको दोस्रो र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् ।

शेयर गर्नुहोस :

0
Shares