विर्तामोड । झापामा आज ८१ जना संक्रमित डिस्चार्ज भएका छन् । उपचार पछि उनीहरुको डिस्चार्ज गरिएको हो । यस्तै, आज झापामा १७० जना नयाँ संक्रमित थपिएका छन् । जम्मा संक्रमितको संख्या ९ हजार ३ सय ६ जना पुगेको छ । ५ हजार ३ सय ५६ जना डिस्चार्ज भइसकेका छन् ।
आज ४ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा मेचीनगरका २, भद्रपुरका १ र विर्तामोडका १ जना पुरुष रहेका छन् । विर्तामोडका संक्रमितको होम आइसोलेशनमा मृत्यू भएको हो । झापामा आज सबैभन्दा धेरै बुद्धशान्तीमा ४६ र विर्तामोडमा १९ जनामा कोरोना पुष्टि भएको हो ।







प्रतिक्रिया