Banner news

विर्तामोडका तीन सहित झापामा सात संक्रमितको मृत्यू

विर्तामोडका तीन सहित झापामा सात संक्रमितको मृत्यू


विर्तामोड । झापामा थप १३८ जना नयां संक्रमित थपिएका छन् । यो सँगै झापामा सक्रिय संक्रमितको संख्या ३ हजार ८ सय ४३ पुगेको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार आज जिल्लामा ७ जना संक्रमितको ज्यान गएको छ । विर्तामोडका ३, भद्रपुरका २, गौरादह र गौरीगञ्जका १-१ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको संख्या २ सय २० पुगेको छ । यस्तै, आज थप ८१ जनाले कोरोना जितेका छन् । आज सबैभन्दा धेरै दमकमा ३१ र मेचीनगरमा २१ जनामा कोरोना पुष्टि भएको छ ।

शेयर गर्नुहोस :

0
Shares