Banner news

झापामा जेठ २१ सम्म थपियो निषेधाज्ञा

झापामा जेठ २१ सम्म थपियो निषेधाज्ञा


विर्तामोड । झापामा निषेधाज्ञा थप भएको छ । डीसीसीएमसीको बैठकले जेठ १५ गतेदेखि २१ गतेसम्मलाई निषेधाज्ञा थप गरेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

थप भएको निषेधाज्ञामा यसअघिकै नियमहरु यथावत रहेका छन् । खाद्य अभाव भए वा कुनै खाद्य सम्बन्धी समस्या भएमा स्थानीय तहसँग समन्वय गर्न भनिएको छ ।

शेयर गर्नुहोस :

0
Shares