Banner news

शल्यक्रियाका लागि एमाले झापाका अध्यक्ष पाठक अस्पताल भर्ना

शल्यक्रियाका लागि एमाले झापाका अध्यक्ष पाठक अस्पताल भर्ना


विर्तामोड । किड्नीमा समस्या देखा परेपछि झापा एमालेका अध्यक्ष चिन्तन पाठक अस्पताल भर्ना भएका छन् । उनलाई विर्तामोडस्थित विएण्डसी अस्पतालमा भर्ना गरिएको छ ।

किड्नीमा समस्या देखिएपछि एक सातादेखि घर बस्दै आएका पाठकको दुखाई बढेपछि अपरेशनका लागि अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । पाठकको किड्नीमा ४ र ९ एमएमको स्टोन देखा परेको चिकित्सकको भनाई छ । आज राती स्टोनको अपरेशन गरिने बताइएको छ ।

शेयर गर्नुहोस :

0
Shares