Banner news

एमालेले खरिद गरेको सिलिण्डर मंगलवार आइपुग्छ : भट्टराई

एमालेले खरिद गरेको सिलिण्डर मंगलवार आइपुग्छ : भट्टराई


विर्तामोड । नेकपा एमाले विर्तामोड नगर कमिटीले खरिद गरेको ५० थान अक्सिजन सिलिण्डर मंगलवार झापा आइपुग्ने भएको छ । नेकपा एमाले विर्तामोडका सचिव सुवास भट्टराईले सोमवार साँझ काठमाडौंबाट अक्सिजन ढुवानी गर्ने सवारी झापा हिडिसकेको जानकारी दिए ।

कोरोना महामारीमा अक्सिजनका लागि आवश्यक सिलिण्डरको अभाव भएपछि नेकपा एमालेले आफ्नै पहलमा ५० थान सिलिण्डर खरिद गरेको हो । विर्तामोड एमालेले आफ्नो पार्टी नेता कार्यकर्ता, जनप्रतिनिधि, व्यवसायी, सामाजिक व्यक्तित्व र सर्वसाधारणलाई सहयोगका लागि आव्हान गरेको थियो । सो आव्हान अनुसार सहयोग प्राप्त भएपछि सिलिण्डर खरिद गरिएको सचिव भट्टराईले जानकारी दिए ।

नेकपा एमाले विर्तामोडले सो सिलिण्डर विर्तामोड नगर अस्पताललाई हस्तान्तरण गर्ने घोषणा गरिसकेको छ ।

शेयर गर्नुहोस :

0
Shares