Banner news

चीनले अनुदानमा दिएको पहिलो खेप खोप काठमाडौं आइपुग्यो

चीनले अनुदानमा दिएको पहिलो खेप खोप काठमाडौं आइपुग्यो


काठमाडौँ । चीन सरकारले अनुदानमा दिने १० लाख डोज भेरोसल खोपमध्ये तिब्बत स्वशासित क्षेत्र सरकारले दिने भएको दुई लाख मात्रा खोप मध्ये पहिलो खेप आज विहान काठमाडौं आइ पुगको छ ।
उक्त २ लाख खोप युनान प्रान्तको राजधानी कुनमिङबाट हिमालय एयरलाइन्सले निः शुल्क नेपाल ल्याइदिने जनाएको छ ।

हिमालयले कुनमिङमा गर्ने कार्गो उडानका क्रममा चार खेपमा दुई लाख डोज खोप ल्याउने भएको हो । चार उडानबाट कूल ४१७ वटा बक्स खोप काठमाडौँ ल्याइने हिमालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
एउटा उडानमा १०५ बक्स ल्याउने जनाइएको छ ।

पहिलो उडान मंगलबार बिहान साढे ६ बजे काठमाडौंमा अवतरण गरेको थियो । यसमा पहिलो लट आएको हिमालय एयरलाइन्सले जानकारी दिएको छ ।
सो ढुवानीबाट सरकारलाई करिब चार करोड रुपियाँ सहयोग पुग्ने एयरलाइन्सले जनाएको छ । नेपाल एयरलाइन्सले बेइजिङबाट आज दिउँसो साढे २ बजे बाँकी अाठ लाख डोज ल्याउने छ ।

शेयर गर्नुहोस :

0
Shares