Banner news

१४ महिनापछि सार्वजनिक कार्यक्रममा देखिए विर्तामोड – ८ का वडाध्यक्ष कार्की

१४ महिनापछि सार्वजनिक कार्यक्रममा देखिए विर्तामोड – ८ का वडाध्यक्ष कार्की


विर्तामोड । झापा विर्तामोड – ८ का वडाध्यक्ष अजय कार्की ‘जंगे’ सार्वजनिक कार्यक्रममा देखिएका छन् । उनी १४ महिनादेखी कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागी थिएनन् ।

गैर नेपाली नागरिकलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा फरार भएका कार्की बिहीवार विहान नेकपा एमालेको एक कार्यक्रममा सहभागी भएका हुन् । एमालेले आयोजना गरेको नगर अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण कार्यक्रममा कार्की सहभागी भएका हुन् ।
गैह्र नेपालीलाई नागरिकता दिलाउन अनुसूची फाराममा हस्ताक्षरसहित सिफारिस गरेको आरोपमा वडाध्यक्ष कार्कीविरुद्ध मुद्दा दर्ता भएको थियो । अदालतबाट पक्राउ पूर्जी जारी भएपछि लामो अवधिदेखि फरार रहेका कार्कीलाई बैशाखको तेस्रो झापा प्रहरीले पक्राउ गरेको थियो ।

सेतो सर्टको पकेटमा कालो रंगको मोवाइल बोकेका वडाध्यक्ष कार्की हुन् ।

प्रहरीले आरोपी कार्कीलाई पक्राउ परे लगत्तै झापा जिल्ला अदालतमा बुझाएको थियो । अदालतको माग बमोजिम ९ लाख धरौटी बुझाएर सोहि दिन तारेखमा छुटेका थिए । अदालतबाट तारेखमा छुटेका कार्की लगत्तै वडा कार्यलयको काममा सहभागी हुँदै आएका थिए । इजलाससँगको कुराकानीमा कार्कीले भने, बुधबारबाट औपचारिक रुपमा वडाध्यक्षको जिम्मेवार सम्हालेको छु । यसअघि उनले अर्का वडा सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका थिए ।

शेयर गर्नुहोस :

0
Shares