विर्तामोड । झापामा थप २२९ जना नयाँ कोभिड संक्रमित थपिएका छन् । दमकमा ६६, विर्तामोडमा २५ र भद्रपुर ३२ सहित अन्य पालिकामा २२९ जनामा कोभिड पुष्टि भएको हो । निषेधाज्ञा शुरु भएदेखी नै संक्रमण दर अझै घट्न सकेको छैन ।
यस्तै, आज थप ४२ जना संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् । योसँगै झापामा डिस्चार्ज हुनेको संख्या ६२ सय ८० पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार आज ४ जना संक्रमितको मृत्यू भएको छ । विएण्डसीमा २, मेचीमा १ र विर्तासिटीमा १ जना संक्रमितको उपचारको क्रममा मृत्यू भएको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । जिल्लामा हालसम्म २५१ जना संक्रमितको मृत्यू भएको छ ।







प्रतिक्रिया