Banner news

झापामा निषेधाज्ञाको एक महिना : ५१.६४ प्रतिशत संक्रमित नर्मल बेडमा

झापामा निषेधाज्ञाको एक महिना : ५१.६४ प्रतिशत संक्रमित नर्मल बेडमा


विर्तामोड । झापामा निषेधाज्ञा लागु भएको एक महिना भएको छ । बिहीवार पाँचौं पटक डीसीसीएमसीले जेठ मसान्तसम्म निषेधाज्ञा थप गरेको छ । दोस्रो लहरपछि पहिलो पटक बैशाख २२ गतेदखी निषेधाज्ञा लागु गरेको थियो ।

एक महिनाको अवधिमा झापामा कोरोना संक्रमण, मृत्यु दर र डिस्चार्जको संख्यामा ठुलो परिवर्तन आउन सकेको छैन । बैशाख २२ गतेका दिन झापामा १९० जनामा कोरोना पुष्टि भएको थियो । सोही दिन ६ जना संक्रमितको मृत्यू भएको थियो । त्यसको एक महिनापछि जेठ २० गते २०८ जनामा संक्रमण भयो । डिस्चार्ज १८३ जना डिस्चार्ज भए । दोस्रो लहरमा मात्रै १२४ जनाको मृत्यू भएको छ भने २१ सय ९३ जना डिस्चार्ज भइसकेका छन् । बैशाख २२ गतेसम्म झापामा जम्मा संक्रमितको संख्या ५६ सय थियो । त्यसपछि दोस्रो लहरमा २२ गतेदेखी जेठ २० गतेसम्म मात्रै ५४ सय ५४ जनामा संक्रमण पुष्टि । पहिलो लहरमा तीन महिनामा भएको संक्रमण संख्या दोस्रो लहरको एक महिनामै बराबर पुगेको छ । तथ्याङक अनुसार पहिलो लहरको तीन महिना बराबर दोस्रो लहरको एक महिना उस्तै संक्रमण देखिएको छ ।

जेठ १९ सम्म आइपुग्दा आइसीयूमा ४८, भेन्टिलेटरमा १३, एचडीयू ८६, नर्मल बेडमा १५७ जना संक्रमित उपचाररत छन् । डीसीसीएमसीको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार ५१.६४ प्रतिशत संक्रमित नर्मल बेडमा उपचार गरिहरेका छन् ।

निषेधाज्ञाको एक महिनापछि खाद्यन्नका पसललाई हप्ताको दुई दिनमा खुला गर्न छुट दिइएको छ । हरेक आइतवार र बुधबार विहान ६–९ बजे पसल सञ्चालनका लागि खुला गरिएको हो ।

शेयर गर्नुहोस :

0
Shares