बिर्तामोड

आइसियूसहित भेन्टिलेटर चाहिएपछि संक्रमितलाई ताप्लेजुङबाट बिएण्डसी ल्याइयो

आइसियूसहित भेन्टिलेटर चाहिएपछि संक्रमितलाई ताप्लेजुङबाट बिएण्डसी ल्याइयो


विर्तामोड । कोरोना संक्रमितपछि निमोनिया भएकी एक महिलालाई हेलिकप्टरबाट बिएण्डसी अस्पतालमा ल्याएइको छ । ताप्लेजुङबाट उनलाई उपचारका लागि विर्तामोडस्थित विएण्डसी ल्याइएको हो ।

आज साझँ हेलिकप्टरले ४४ वर्षीय महिलालाई बिएण्डसीमा ल्याएको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए । काठमाडौंबाट हेलिकप्टर चार्टर्ड गरी महिलालाई बिएन्डसीमा ल्याएको हो ।

आइसियूसहित भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने भएपछि आफन्तले विर्तामोड ल्याएका हुन् । हालसम्म बिएन्डसीमा २७ जनालाई हेलिकप्टर चार्टर्ड गरी उपचारमा ल्याइएको छ । खराव मौसमका कारण हेलिकप्टर विहान मात्रै काठमाडौं फर्किने बताइएको छ ।

शेयर गर्नुहोस :

0
Shares