Banner news

झापामा एकैदिन ८ को मृत्यु, २३५ नयाँ संक्रमित थपिए

झापामा एकैदिन ८ को मृत्यु, २३५ नयाँ संक्रमित थपिए


बिर्तामोड । झापामा आज एकैदिन ८ संक्रमितको मृत्यु भएको छ । बिर्तामोडको बिर्तासिटी अस्पतालमा ४, एडभान्स हस्पिटल दमकमा २ , आम्दा र होम आइसोलेशनमा १/१ संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यलय झापाले जनाएको छ ।

यस्तै झापामा २३५ नयाँ संक्रमित थपिएका छन् । यो सगै जिल्लामा सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ५५ पुगेको छ । आज १५२ जना डिस्चार्ज भएको बताइएको छ । आज मृत्यु हुनेहरुमा ६ महिला रहेका छन् ।

शेयर गर्नुहोस :

0
Shares