मुख्य समाचार

शिवसताक्षीमा थप एक संक्रमितको मृत्यु

शिवसताक्षीमा थप एक संक्रमितको मृत्यु


शिवसताक्षी । झापा शिवसताक्षीमा थप एकजना संक्रमितको मृत्यु भएको छ । शिवसताक्षी वडा नं. ४ निवासी सिटौला थरका ८६ वर्षीय बृद्धको आम्दा अस्पतालमा मृत्यु भएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

गएको १४ गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि दमकको आम्दा अस्पतालमा उपचारका क्रममा सोमबार बेलुका मृत्यु भएको शिवसताक्षी नगरपालिकाका फोकल पर्सन रोसन अधिकारीले जानकारी दिए । मृतक दिर्घ रोगी रहेको बताइएको छ ।

अधिकारीका अनुसार उनको सव दमकको स्काउट टोलीद्वारा आज कनकाई माईमा दाहसंकार गरिने भएको छ । शिवसताक्षीमा कोरोना भाइरसको दोस्रोलहरमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares