विर्तामोड । कोरोना संक्रमणका कारण ज्यान गुमाएका झापाका युवा उद्यमी दिपेन्द्र पोखरेलको पार्थिव शरिरलाई घर ल्याइएको छ । उनलाईलाई हेलिकप्टर मार्फत घर ल्याइएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि एक महिनादेखि काठमाडौमा उपचाररत युवा उद्योगी पोखरेलको गएराति निधन भएको हो ।

काठमाडौंस्थित नर्भिक हस्पिटलमा राति १२ बजे पोखरेलको निधन भएको थियो । ५३ वर्षीय पोखरेल झापाका सफल व्यवसायीका रुपमा स्थापित थिए । नेपाल प्लाइउड भेनियर सघका प्रदेश अध्यक्ष पोखरेल उद्योग,व्यवसायसँगै राजनीतिक, सामाजिक काममा सक्रिय थिए ।







प्रतिक्रिया