Banner news

झापामा एकैदिन १४ सय ७ जनाले जिते कोरोना

झापामा एकैदिन १४ सय ७ जनाले जिते कोरोना


विर्तामोड । झापामा आज एकैदिन १४ सय ७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । पहिलो पटक यति ठुलो संख्यामा डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लाका विभिन्न अस्पतालमा उपचाररत उनीहरु निको भएर घर फर्किएका छन् ।

यस्तै, आज १२६ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका मध्ये सबैभन्दा धेरै विर्तामोड १७ र हल्दिवारीमा १५ जनामा कोरोना पुष्टि भएको हो । यता, पाँच जना संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार सक्रिय संक्रमितको संख्या २६ सय ८२ मा झरेको छ ।

शेयर गर्नुहोस :

0
Shares