मुख्य समाचार

आज ६२९५ जना डिस्चार्ज

आज ६२९५ जना डिस्चार्ज


काठमाडौं- गत २४ घण्टामा देशभर तीन हजार ३८४ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ४९४ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ३८४ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार १५ हजार १८२ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ७५० जनामा संक्रमण देखिएको थियो।

त्यस्तै, आज कोरोनाबाट ६१ जनाको मृत्यु भएको छ । शुक्रबार ६७ जनाको मृत्यु भएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या आठ हजार ३६६ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना निको भएका छन् । शुक्रबार पाँच हजार २२५ जना निको भएका थिए ।

शेयर गर्नुहोस :

0
Shares