Banner news

एरिक्सन मैदान मै बेहोस भएपछि डेनमार्क र फिनल्यान्डको खेल रद्द

एरिक्सन मैदान मै बेहोस भएपछि डेनमार्क र फिनल्यान्डको खेल रद्द


एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत डेनमार्क र फिनल्याण्डबीच खेल रद्द भएको छ ।

युएईएफले चिकित्सा आपतकालको कारण जारी खेल रद्द गरिएको जनाएको छ ।

डेनमार्कको कोपनहेगनमा जारी खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर मैदानमा लडेपछि खेल रद्द गरिएको हो ।

खेलको ४३ औं मिनेटमा एरिक्सन बेहोस भएर मैदानमा ढल्न पुगेका थिए ।

उनलाई मैदानमै पीसीआर दिईएको थियो । उनलाई हृदयघात भएको अनुमान गरिएको छ । खेल गोलरहित बराबरीको अवस्थामा रहेको थियो ।  खेलपाटीबाट

शेयर गर्नुहोस :

0
Shares