Banner news

विर्तामोडको फोहोर व्यवस्थापनको जिम्मा काठमाडौंको निराकार कम्पनीलाई

विर्तामोडको फोहोर व्यवस्थापनको जिम्मा काठमाडौंको निराकार कम्पनीलाई


विर्तामोड । झापा विर्तामोडको फोहोर व्यवस्थापनको जिम्मा काठमाडौंको एक निजी कम्पनीले पाएको छ । तीन वर्षका लागि काठमाडौंको निराकार सरसफाई सेवा प्रालिले फोहोरमैला व्यवस्थापनको ठेक्का पाएको विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले जानकारी दिए ।

पूर्वमा इटहरी, दमकपछि विर्तामोड नगरपालिकाले फोहोर व्यवस्थापन गर्न जिम्मा लगाएको छ । विषेश गरि शहरी क्षेत्रबाट फोहोर संकलन गर्ने गरि निराकारले नगरपालिकासँग सम्झौता गरेको छ । हाज विहान एक कार्यक्रमका बिच सम्झौता भएको छ । नगरलाई १० लाख धरौटी बुझाएको सो कम्पनीले फोहोर व्यवस्थापन वापत बजार क्षेत्रमा सरसफाई सेवा शुल्क उठाउने छ । नगरपालिका र सो कम्पनी बिच भएको सम्झौता अनुरुप शुल्क निर्धारण गरिएको छ ।

एक परिवार बस्ने घर (अढाई तलेसम्म) ले फोहोर उठाए वापत मासिक १९०, साढे दुई तलाभन्दा माथि प्रति तला ५०, कस्मेटिक,पत्रपत्रिका,लत्ताकपडा पसल १००, किराना , खाद्यन्न, फेन्सी १००, चिया कफी, केक तथा वेकरी २००, साइबर स्टेशनरी, पत्रपत्रिका, रेयिो टिभी २००, तरकारी, पलफुल तथा जुस २००, शैलुन, व्यूटीपार्लर र औषधि व्यवसायीलाई २००, औषधि पसल ल्याव सहितकोलाई २९०, मासु पसल २९०, मासु पसल बधशाला पनि भएको सानो पसल १ हजार देखी १५ सयसम्म, बधशाला समेत भएको मासु पसल ठुलोलाई २५ सय, निजी विधालयको हकमा ४ सयदेखी १४ सयसम्म, बंैक तथा सहकारी, स्कुल क्याम्पस, , कार्यालयहरु, विदेशी बस्ने घरहरुलाई ५ सय देखी एक हजार , सिनेमा हलहरुलाई २५ सय, उधोग, कलकारखाना, कार्पेट गार्मेन्टलाई १ हजारदेखी १० हजारसम्म, डिपार्टमेन्ट स्टोरहरुलाई २९००, पार्टी प्यालेस, भोज आयोजनास्थलहरु प्रति ट्याक्टर १४ सय, प्रति निशान ट्रक २९ सय, सुपर स्टोर प्रति ट्याक्टर २ हजार र डिस्पेन्सरीहरुका लागि १ देखी २ हजारसम्म सरसफाई शुल्क बुझाउनुपर्ने छ ।

विर्तामोडका नगर प्रमुख धु्रव कुमार शिवाकोटीले लामो प्रयत्न पछि सरसफाईको जिम्मा दिएको जानकारी दिए । उनले तीन वर्षको प्रयासमा फोहोर उठाउन जिम्मा दिएको बताएका छन् । उनले विर्तामोडलाई सुन्दर र स्वच्छ बनाउने लक्ष्य अब पुरा हुने बताए । विर्तामोडका नगरबासी फोहोर व्यवस्थापनका लागि शुल्क बुझाउन लालाहित भएको प्रमुख शिवाकोटीको भनाई छ । उनका अनुसार विर्तामोड नगरपालिकासँगको सम्झौता बमोजिम कम्पनीले काम नगरे तत्काल कारवाही हुन्छ ।

नगरका प्रमुख प्रशासकीय अधिकृत दाहालले विर्तामोडलाई यो सम्झौताले नमूना शहर बनाउन सहयोग पुग्ने बताएका छन् । नगरलाई सुन्दर र हराभरा बनाउन सबैको सहयोगको खाँचो भएको उनको भनाई छ ।

सरसफाई गर्ने कम्पनीका व्यवस्थापक रविन भट्टराईले सम्झौता अनुरुप सबैको सहयोगमा काम गर्ने बताएका छन् । उनले फोहोर फाल्ने ठाउँको व्यवस्थापन नगरपालिकाले निश्चित गरेपछि काम थाल्ने बताए ।

नगरमा रहेको ट्याक्र र मजदुर समेत उनले जिम्मा लिने छन् । सो वापत ट्याक्टरको आवश्यक भाडा, मजदुरको सुविधा कम्पनीले नै व्यहोर्ने छ । सरसफाईमा नगरपालिकाले अतिरिक्त कुनै रकम कम्पनीलाई नदिने सम्झौतामा उल्लेख छ ।

शेयर गर्नुहोस :

0
Shares