Banner news

झापाका आज : १५४ मा कोरोना, १५० जना डिस्चार्ज

झापाका आज : १५४ मा कोरोना, १५० जना डिस्चार्ज


विर्तामोड । झापामा आज थप १५४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै झापामा सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ३८ जना पुगेको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार थप २ जना संक्रमित पुरुषको मृतयू भएको छ । उनीहरु अर्जुनधारा र हल्दिवारीका संक्रमित हुन् । कोरोनाबाट मृत्यू हुनेको संख्या ३०२ पुगेको झापाका कोभिड फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।

यस्तै, आज १५० जना कोरोना संक्रमितको उपचारपछि डिस्चार्ज गरिएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ९ हजार ६ सय ४२ पुगेको छ ।

शेयर गर्नुहोस :

0
Shares