Banner news

एक चौथाइ नेपालीमा अझै संक्रमण

एक चौथाइ नेपालीमा अझै संक्रमण


काठमाडौं- नेपालमा अझै पनि करिब एक चौथाइ जनसंख्यामा कोरोना देखिएको छ । कोरोना संक्रमण घट्दै गएको जस्तो देखिए पनि यो संख्यालाई कम आक्न नहुने सम्बन्धित क्षेत्रका विज्ञहरुले बताएका छन् ।

‘हामीले संख्या हेरेर कोरोना संक्रमण घटेको निष्कर्ष निकालिरहेका छौं’ एक चिकित्सक भन्छन् ‘परीक्षण भएका स्वाबको संख्या र संक्रमितको संख्यालाई प्रतिशतमा हेर्ने हो भने यसले वास्तविक स्थितीको जानकारी दिन्छ । ’

पछिल्ला केही दिन यता नेपालमा १७ देखि २६ प्रतिशत संक्रमित फेला परिरहेका छन् । ‘यो भनेको सानो सख्या होइन’ कोभिड १९ संकट व्यवस्थापन समितीका एक सदस्यले नेपाली बहस डट कमसँग कुरा गर्दै भन्नुभयो ‘निषेधाज्ञा खोलिहाल्न अहिले सरकारलाई सबैले दबाब दिएको देख्छु । तर कोरोनाको भयाभहता हटिसकेको छैन । ’

ति अधिकारीका अनुसार ५० प्रतिशत नमुनामा संक्रमण देखिएको अवस्थाबाट आधा झरेको भए पनि यसलाई खतरा टरेको रुपमा बुझ्न हुदैन । ‘अन्तराष्ट्रिय मान्यता अनुसार ५-६ प्रतिशतमा संक्रमण दर झरेपछिको स्थितीलाई सामान्य मानिन्छ । त्यो अवस्थामा पुग्न हामीलाई अझै केही हप्ता लाग्न सक्छ’ सिसिएमसीका कार्यकारी निर्देशक बालानन्द शर्माले संक्षिप्त कुरा गर्दै भन्नुभयो ‘संक्रमितको संख्या र मृत्यूको संख्या हेर्दा हामीलाई सहज अवस्थामा पुग्न अझै धैर्यताको आवश्यकता छ । परीक्षणको दायरा बढाउन आवश्यक छ । ’

शेयर गर्नुहोस :

0
Shares