मुख्य समाचार

फेरि ठूलो वर्षा हुने सम्भावना

फेरि ठूलो वर्षा हुने सम्भावना


झापा । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि फेरि ठूलो वर्षा हुने सम्भावना छ । महाखाका अनुसार कम्तीमा तीनदिन देशभर मौसम सक्रिय हुनेछ ।

महाशाखाले लुम्बिनी प्रदेश पूर्व ठूलो बर्षा हुने ,सुदूर र कर्णाली प्रदेशमा सामान्य बर्षा हुने जनाएको छ । दिउसो प्रदेश १ का केही स्थानमा अति भारी बर्षा हुने सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले जानकारी दिनुभयो ।

महाशाखाले सर्वसाधरणलाई वर्षासँगै बाढी पहिराको सम्भावना भएकोले सजगतापूर्वक आफ्नै दैनिक काम गर्न आग्रह गरेको छ ।

शेयर गर्नुहोस :

0
Shares