Banner news

ओली – नेपालबीचको वार्ता दुई घण्टा : सञ्चारकर्मीसँग बोलेनन्

ओली – नेपालबीचको वार्ता दुई घण्टा : सञ्चारकर्मीसँग बोलेनन्


काठमाडौं– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको वार्ता सकारात्मक भएको छ । दोस्रो तहका नेताहरुले दिएको संक्षिप्त प्रतिक्रियामा यस्तो बुझिएको हो ।

कमलपोखरीस्थित मेरियट होटलमा साँझ ७ बजेदेखि दुई घण्टासम्म चलेको वार्ता भर्खरैसकिएको छ । अहिले दुवै शीर्ष नेताहरु बाहिरिए पनि कुनै प्रतिक्रिया दिएनन् । सञ्चारकर्मीले अबेरसम्म पर्खिए पनि नेताहरु नबोली निस्किएका छन् ।

भेटघाटमा सहभागी कार्यदलका सदस्य गोकर्ण विष्टले नेताहरु विचको वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । उनले कार्यदल र नेताहरु बिचको सबै पहल पार्टी एकता नै भएको बताए ।

शेयर गर्नुहोस :

0
Shares