Banner news

झापामा जोरविजोर उल्लंघन गर्ने सवारीलाई धमाधम कारबाही

झापामा जोरविजोर उल्लंघन गर्ने सवारीलाई धमाधम कारबाही


बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाको जारी आदेश विपरित सवारी चलाउनेलाई धमाधम कारवाही गर्न थालिएको छ । असार ३१ गतेसम्म निषेधाज्ञा थप्दै प्रशासन कार्यालयले सवारी सञ्चालनमा जोरविजोर प्रणाली लागु गरेको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार आजबाट कडाईका साथ जोरविजोर जाँच गर्न थालिएको छ । जोर बार जोर नम्बरका सवारी र विजोर बार विजोर नम्बरका सवारी चलाउन अनुमति दिइएको थियो । सो आदेश विपरित सवारी चलाउनेहरुलाई ५ हजारसम्म जरिवाना गर्न प्रशासन कार्यालयको निर्देशन छ । पहिलो दिन ५ सयका दरले जरिवाना गरियो, ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी याम खड्काले भने – जोरविजोर उल्लंघन गर्नेलाई कारवाहीको दायरा बढाउछौं । उनले जिल्लाभर चेकजाँच भइरहेको जानकारी दिए । पहिलो दिन बिर्तामोडमा ४ बजेसम्म १५० सवारी कारबाहीमा परेका छन् । जोरविजोरको चेकजाँच जिल्लाभर निरन्तर रुपमा सञ्चालन गर्ने खड्काको भनाई छ ।

शेयर गर्नुहोस :

0
Shares