Banner news

अलविदा कमरेड ज्ञानु

अलविदा कमरेड ज्ञानु


बिर्तामोड । झापाका प्रभावशाली एवम् शालिन नेता ज्ञानुराम प्रसाईको सवारी दुर्घटनामा परी मृत्यू भएको छ । मेची प्रादेशिक अस्पताल भद्रपुरले दुर्घटना भएको केहि बेरपछि नेता प्रसाईको मृत्यू घोषणा गरेको थियो । नेता प्रसाईको पार्थिव शरिरलाई कनकाईमा अन्त्येष्टि गरिएको छ । उहाँको निधनले सिङ्गो झापा स्तब्ध भएको छ । बिर्तामोड स्तब्ध भएको छ ।

शुक्रवार विहान ११ बजेर ४० मिनेटमा प्रसाई भद्रपुर –९ स्तिथ चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा पर्नु भएको थियो । बिर्तामोड ५ निवासी प्रसाई बा १६ च ८१८२ नं. को कार चलाएर चन्द्रगढी तर्फ जाँदै गर्दा देवकोटाको शालिकमा ठोक्किएर दुर्घटनामा पर्नुभयो । मेची अस्पतालले १२ बजेर १५ मिनेटमा मृत्यु भएको घोषणा गरेको थियो ।

झापाको बिर्तामोडलाई कर्मथलो बनाई सामाजिक एवम् राजनीतिक जीवनको यात्रा गरिरहनु भएका उहाँ क्षणभरको दुर्घटनाबाट हामीलाई छोडेर जानु भएको छ । वि. सं. २०२४ साल मंसिर २३ जन्मनु भएका प्रसाईले पछिल्लो केहि वर्षदेखी विर्तामोडकै अभिभावकत्व सम्हाल्नु भएको थियो भन्दा अनर्थ हुनेछैन ।

मिजासिलो स्वभाव र शालिन चरित्रका प्रसाईको जीवनमा रिसराग थिएन । उहाँको अन्त्येष्टिमा देखिएको मानव सागरले पनि उहाँ समग्र झापालीहरुको असल नेताको स्थापित बन्दै हुनुहुन्थ्यो भन्ने देखाएको छ । बिर्तामोडको शिक्षा, स्वास्थ्यको क्षेत्रमा आमुल परिवर्तन ल्याउनुपर्ने उहाँको लक्ष्य विस्तारै पुरा हुदै थियो । बिर्तामोड र बिर्तामोडबासीको भविष्यप्रति सधैं सचेत उहाँ हामी सबैको मनमनमा स्मरणीय बन्नुहुनेछ ।

इजलास अनलाईन तपाईको आत्माको चिरशान्तीको कामना गर्दै श्रद्धान्जली अर्पण गर्दछ । साथै, शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछौं । अलविदा कमरेड ज्ञानु ।

शेयर गर्नुहोस :

0
Shares