Banner news

बिर्तामोडमा घरअगाडि महिलाको अर्धनग्न लास फेला

बिर्तामोडमा घरअगाडि महिलाको अर्धनग्न लास फेला


बिर्तामोड । झापाको बिर्तामोडमा एक युवतीको शव भेटिएको छ ।

बिर्तामोड नगरपालिका – ५ सुगम पेट्रोल पम्मनजिकै युवतीको शव अर्धनग्न अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मृतक स्थानीय सहकारी संस्थामा कायर्रत २५ वर्षीया सिर्जना बस्नेत रहेको प्रहरीले जनाएको छ । उनी सानोबुवाको घरमा परिवारसहित डेरामा बस्दै आएकी थिइन् ।

सानोबुवाको घरको आँगनमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए । युवतीको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

शेयर गर्नुहोस :

0
Shares