Banner news

अनुसन्धानका लागि बिर्तामोड ल्याइयो कुकुर

अनुसन्धानका लागि बिर्तामोड ल्याइयो कुकुर


बिर्तामोड । युवतीको रहस्यमय मृत्यूको घटना अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुर ल्याइएको छ । झापाको बिर्तामोड–५ मा आज विहान फेला परेको युवतीको शव बारे थप अनुसन्धान गर्न कुकुर ल्याइएको प्रहरीको भनाई छ ।

धरानबाट ल्याइएको कुकुर बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ । कुकुरले शव सुँगेर घटनाबारे आवश्यक ‘क्लु’ दिने छ र सोही आधारलाई पनि मानेर प्रहरीले अनुसन्धान गर्नेछ । बिर्तामोडका डिएसपी सन्तोष आचार्यले कुकुर बिर्तामोड ल्याइसकिएको जानकारी दिए । उनका अनुसार चिकित्सकसहितको टोलीमा कुकुरलाई पनि सँगै घटनास्थल लगिनेछ ।

शेयर गर्नुहोस :

0
Shares