Banner news

घरभित्रै पस्यो अनुसन्धानमा ल्याइएको तालिम प्राप्त कुकुर

घरभित्रै पस्यो अनुसन्धानमा ल्याइएको तालिम प्राप्त कुकुर


बिर्तामोड । युवतीको रहस्यमय मृत्यूको घटना अनुसन्धानका लागि धरानबाट ल्याइएको तालिम प्राप्त कुकुर घरभित्रै छिरेको छ । बिर्तामोड–५ मा आज विहान फेला परेको युवतीको शव बारे थप अनुसन्धान गर्न कुकुर ल्याइएको कुकुर युवती बस्नै घरमै छिरेको प्रहरी अधिकारीले जानकारी दिए ।

धरानबाट ल्याइएको तालिम प्राप्त कुकुरले शवमा सुँगेर घरभित्रै पसेपछि घटना थप रहस्यमय बनेको छ । प्रहरीलाई अनुसन्धानमा सहयताका लागि ल्याइएको कुकुर घर छिरेपछि अनुसन्धान अब घरभित्रै तर्फ मोडिएको छ । अनुसन्धानमा खटिएका एक प्हरीले भने, कुकुर घरभित्र पसेपछि अनुसन्धान घरभित्रै थालिनेछ ।

परिवारका अनुसार उनी राती आफ्नो कोठामा सुतेकी थिइन् । चार तले घरको माथिल्लो तलामा बस्ने ती युवतीको शरिरमा भित्रि कपडा मात्रै छ । बस्नेत सुतेको कोठा बाहिरबाट चावी लगाइएको छ, युवती त्यै कोठको मुनी फेला परेकी छन् । सो घरको चारै तलामा तलैपिच्छे चावी लगाइएको र सबैभन्दा मुनीको मुख्य गेटमा समेत भित्रैबाट चावी लगाएको बुझिएको छ ।

शेयर गर्नुहोस :

54
Shares