Banner news

रविलाई बमले भनिन् – तपाईँको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ, सुशासनको नारा लगाउन छाड्नू

रविलाई बमले भनिन् – तपाईँको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ, सुशासनको नारा लगाउन छाड्नू


काठमाडौं । जेनजी अभियन्ता रक्षा बमले रास्वपा सभापति रवि लामिछानेलाई सुशासनको नारा लगाउन छाड्न सुझाएकी छन्।

सञ्चारगृहबाटै प्रहरीले पत्रकारलाई धमाधम पक्राउ गरेपछि रास्वपा वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकारको गतिविधिबाट पञ्चायती गन्ध आइरहेको टिप्पणी गरेकी छन्।

उनले रास्वपा सभापति लामिछानेलाई सम्बोधन गर्दै भनेकी छन्, ‘अब तपाईँको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ। तपाईँको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ।’

कहिले मिडिया हाउसअगाडि आफ्नै कार्यकर्ता लगाएर गाडी तेर्स्याउने, कहिले मिडिया हाउसभित्रै छिरेर पत्रकार तर्साउने वाह, तपाईँहरूको सुशासन भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।

शेयर गर्नुहोस :

81
Shares