बिर्तामोड । आज बिहान अर्धनग्न अवस्थाला फेला परेकी २५ वर्षीया युवतीको शव पोस्टमार्टमका लागि धरान पठाईएको छ ।
बिर्तामोड- ५ मा डेरा गरि बस्ने ती किशोरी मृत अवस्थामा घर बाहिर फेला परेकी थिइन् । शव उठाउन स्थानीयले केहिबेर अवरोध गरेका थिए । रहस्यमय मृत्यु भएका कारण अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुर झिकाईएको थियो । सो कुकुर घर भित्रै पसेको छ ।
चौथो तलामा बस्ने युवती राती आफ्नै कोठामा सुतेको परिवारको भनाई छ । बिहानसम्म घरका सबै तलामा ताला लगाईएको थियो ।







प्रतिक्रिया