बिर्तामोड । कोरोना संक्रमणबाट झापामा आज एकैदिन ७ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार ज्यान गुमाउनेहरुमा ३ महिला र ४ पुरुष रहेका छन् ।
यस्तै, झापामा आज थप १४८ जनाका कोरोना पुष्टि भएको छ । संक्रमण घट्दै गएको अनुमानका आधारमा निषेधाज्ञा खुकुलो भएपनि संक्रमण र मृत्यूदर अझै उस्तै छ । विवरण अनुसार जिल्लामा आज ७९ जना संक्रमितको उपचारपछि डिस्चार्ज गरिएको छ ।
जिल्लाका कोरोनाबाट मृत्यू हुनेको संख्या ३८३ पुगेको छ ।







प्रतिक्रिया