मुख्य समाचार

बुद्ध एयरले बैशाखदेखि भद्रपुर–पोखरा उडान गर्ने

बुद्ध एयरले बैशाखदेखि भद्रपुर–पोखरा उडान गर्ने


बिर्तामोड । बुद्ध एयरले झापादेखि पोखरा नियमित उडान गर्ने भएको छ । आगामी बैशाख २ गतेदेखि झापाको भद्रपुर विमानस्थल चन्द्रगढीबाट पोखराका लागि सिधा उडान गर्ने भएको हो ।

एक सूचना जारी गर्दै बुद्ध एयरले भद्रपुर–पोखरा उडानको तयारी गरेको जनाएको छ । बुद्ध एयरका अनुसार शुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ रहने छ । भद्रपुरबाट पोखराका लागि दिउँसो ३ बजे उड्ने बुद्ध एयरले जनाएको छ । सो जहाज पोखराबाट भद्रपुर दिउँसो १ः २५ मा जहाज उड्नेछ ।

शेयर गर्नुहोस :

0
Shares