भद्रपुर

भद्रपुरमा ९ मा एमालेको प्यानल नै निर्वाचित

भद्रपुरमा ९ मा एमालेको प्यानल नै निर्वाचित


भद्रपुर । भद्रपुर नगरपालिकाको वडा नं. ९ मा नेकपा एमाले प्यानलै निर्वाचित भएको छ । एमालेका रामप्रसाद दाहाल वडाध्यक्षमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी राप्रपाका ज्ञान बहादुर राईलाई २२७ मतान्तरले पराजित गर्दै दाहाल वडा अध्यक्षमा निर्वाचित भएका हुन् । दाहाल निवर्तमान वडा सदस्य हुन् ।

दाहालले १२६४ मत ल्याउँदा राईले १०३७ मत ल्याएका छन् । त्यस्तै गठबन्धनबाट एकीकृत समाजवादीका जङ्ग बहादुर रसाइलीले ७३६ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा एमालेका प्रकाश राजवंशी, मञ्जु दाहाल (पोखरेल), मन्जु खड्का र शर्मिला दमाई निर्वाचित भएका छन् । एमालेले अहिलेसम्म १ नम्बर वडामा प्यानल र केही वडामा सदस्यहरू जितेको छ ।

शेयर गर्नुहोस :

0
Shares