भद्रपुर

भद्रपुर मेयरमा काँग्रेस, उपमेयरमा राप्रपा विजयी

भद्रपुर मेयरमा काँग्रेस, उपमेयरमा राप्रपा विजयी


भद्रपुर -झापाको भद्रपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गणेशपोखरेल विजयी हुनुभएको छ । उपप्रमुखमा गठबन्धनका उम्मेद्वार शिव राजभण्डारीलाई हराउँदै राप्रपाकी राधा कार्की विजयी हुनुभयो ।

प्रमुखमा विजयी पोखरेलले १२ हजार ५ सय २५ मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका असारु राजवंशीले ९ हजार ७ सय ५९ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा राप्रपाकी कार्कीले ९ हजार २ सय ३० मत ल्याएर विजयी हुनुभएको छ ।

शेयर गर्नुहोस :

0
Shares