Banner news

एनसेललाई नेटवर्क समस्या समाधान गर्न उपाध्यक्ष कुवरको माग

एनसेललाई नेटवर्क समस्या समाधान गर्न उपाध्यक्ष कुवरको माग


बिर्तामोड । गौरीगञ्ज गाउँपालिका वडा नं. ५ र ६ मा एनसेललाई नेटवर्क समस्या समाधान गर्न माग गरिएको छ । गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुवरले एनसेललाई पत्रचार गर्दै सो समस्या समाधानको माग गरेकी हुन् ।

धेरै घरधुरी रहेको सो वडाहरुमा एनसेलको नेटवर्क समस्या रहेको गुनासो आएपछि उपाध्यक्ष कुवरले समाधानका लागि पहल थालेकी हुन् । पत्रमा उनले उपयुक्त स्थान छनौट गरी टावर व्यवस्थापन गर्दै नेटवर्क समस्याको समाधान गर्न भनेकी छन् ।

शेयर गर्नुहोस :

0
Shares