Banner news

उपाध्यक्ष कुँवरको पहलमा वेवारिसे महिलाको उद्धार

उपाध्यक्ष कुँवरको पहलमा वेवारिसे महिलाको उद्धार


बिर्तामोड । दुई सातादेखि वेवारिसे अवस्थामा बस्दै आएको एक महिलाको उद्धार गरिएको छ । गौरीगञ्ज गाउँपालिका वडा नं. २ स्थित तुलाचन चौकमा बस्दै आएकी महिलाको उद्धार गरिएको हो ।

गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरको पहलमा वेवारिसे महिलाको उद्धार गरिएको छ । उपाध्यक्ष कुँवरका अनुसार मानव सेवा आश्रम विराटनगरका प्रतिनिधिहरुलाई बोलाएर महिलालाई विराटनगर पठाइएको छ । तुलाचन चौकमा वेवारिसे अवस्थामा बसेको देखेपछि उपाध्यक्ष कुँवरले आश्रममा सम्पर्क गरेर उद्धारका लागि पहल गरेकी थिइन् । उनकै आग्रहमा मानव सेवा आश्रमले आज साँझ विराटनगर लगेको छ ।

तुलाचान प्रहरी चौकीको प्रतिनिधिको साथमा विराटनगर पठाइएको उपाध्यक्ष कुँवरले जानकारी दिइन् ।

शेयर गर्नुहोस :

0
Shares