दमक

आज झापा आउँदै एमाले अध्यक्ष ओली

आज झापा आउँदै एमाले अध्यक्ष ओली


बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदै हुनुहुन्छ ।

प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार विभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष ओली गृहनगर दमक आउन लाग्नु भएको हो । थापाका अनुसार विहान ११ बजे भद्रपुर अवतरण गरेर मध्यान्ह १२ बजे दमकको कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुनेछ । कार्यक्रम दमक स्थित कस्मिक पार्टी प्यालेसमा हुनेछ ।
अध्यक्ष ओली आज दमकमै बस्नुहुनेछ । यहाँ आन्तरिक भेटघाट र चुनावी रणनीतिका बारेमा नेताहरुसँग छलफल तथा परामर्श गर्ने तयारी छ ।

शेयर गर्नुहोस :

0
Shares